SEE नतिजा दुई दिनभित्र आउने सम्भावना
माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा दुई दिनभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले अन्तिम तयारी गरिरहेको छ। यस वर्ष ५ लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।
नतिजा कसरी हेर्ने?
- वेबसाइट: neb.gov.np
- SMS: ३५००१ माsymbol नम्बर टाइप गरेर पठाउने
- IVR: १६०० फोन गरेर
यस वर्षदेखि SEE ले ग्रेडिङ प्रणाली अपनाएको छ — A+ देखि E सम्म।